काठमाडौँ । नेकपा एमालेको तर्फबाट आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवारी दिएका केशव स्थापित यतिबेला चर्चाको पात्र बनेका छन् ।
उनीमाथि यौन दुर्व्यवहारको आरोप लागेको भन्दै अहिले सामाजीक संजाल उनकै विषयले भरिपूर्ण रहेको छ । बिहीबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उम्मेदवार केशव स्थापित रिसाएका थिए ।
अन्तर्क्रिया कार्यक्रममा यौन दुर्व्यवहारको आरोप लागेका स्थापितलाई एक सहभागीले ‘ तपाईँमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। तपाइको कार्यालयमा आउँदा म सुरक्षित हुन्छु’ भनेर प्रश्न सोधेकी थिइन्।
यता अध्यक्ष केपी शर्मा ओलीले उनकै बचाउ गरेका छन् । बचाउमा लाग्दै उनले सोधे, ‘चुनाव आयो कि मिटू! मिटूको के जवाफ हुन्छ ?’