काठमाडौँ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा जनता समाजबादी पार्टीको तर्फबाट युवा व्यवसायी संजिव विक्रम थापा वडाअध्यक्षमा लड्ने भएका छन् ।
उनलाई जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले टिकट दिने निर्णय गरेको हो । अहिले गठबन्धनभित्रका नेताहरु टिकट वितरणमा सन्तुष्ट रहेका छैनन् । विभिन्न ठाउँहरुमा टिकटको विषयमा विरोध प्रदर्शन भइरहेको छ ।
काँग्रेसमा त झन् टिकटको विषयले धेरैको टाउकोसमेत दुखाएको अवस्था छ ।
आफूले टिकट पाउँदा कसैलाई समस्या नपर्ने र केन्द्रीय नीतिअनुरुप नै आफूले उम्मेदवारका लागि टिकट पाएको नेता थापाको जिकिर रहेको छ ।