पोखरा २३ का एमाले वडा अध्यक्ष उमेदवार शिवलाल पराजुली विवादमा परेका छन् ।
जातीय भेदभावको भावना राखी दलितलाई अपमान गरेको भन्दै उनी विवादमा परेका हुन् ।
उनले दलित समुदायलाई अपमान गर्दै बोलेको अडियो सामाजिक सञ्जालमा भाइरलसमेत भएको थियो ।
पार्टीले उम्मेदवार फेर्ने कुरामा ढुक्क भएका स्थानीयहरु उम्मेदवार उनी नै रहेपछि अहिले विभिन्न आलोचनाहरु खेपिरहेका छन् ।