चेन्नईद्वारा हैदरावाद १३ रनले पराजित-Sutra News

चेन्नईद्वारा हैदरावाद १३ रनले पराजित

सोमबार, १९ बैशाख २०७९

सोमबार, १९ बैशाख २०७९

सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै साविक विजेता चेन्नई सुपर किङसले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ ।



पुनेमा आइतबार चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १८९ रनमा समेटियो ।

हैदरावादका निकोलस पुरनले अविजित ६४ रन बनाए । कप्तान केन विलियम्सनले ४७ रन तथा अभिषेक शर्माले ३९ रनको योगदान दिए ।

चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २०२ रन बनायो ।

चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ९९ रन बनाए ।

डेभोन कोन्वेले अविजित ८५ रनको योगदान गरे । हैदरावादका टी नटराजनले २ विकेट लिए  ।

जितसँगै चेन्नईले ९ खेलबाट ६ अंक जोडेर नवौं स्थानमा छ । हैदरावाद ९ खेलमा १० अंक जोडेर चौंथो स्थानमा छ ।

आइतबारकै अर्को खेलमा लखनउ सुपर जायन्टसले दिल्ली क्यापिटल्सलाई ६ रनले हरायो । १९६ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ७ विकेट गुमाएर मात्र १८९ रन बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर १९५ रन बनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट