कोलकाताले राजस्थानलाई हरायो-Sutra News

कोलकाताले राजस्थानलाई हरायो

मंगलबार, २० बैशाख २०७९

मंगलबार, २० बैशाख २०७९

राजस्थान रोयल्सलाई ७ विकेटले हराउदै  कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)  टी-२० क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ ।



सोमबार राति राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे । कोलकाताका लागि नितिश रानाले  सर्वाधिक ४८ रन बनाए । यस्तै  रिन्कु सिंहले ४२ रनको योगदान गरे ।

यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले  सर्वाधिक ५४ रन बनाए । यस्तै शिम्रन हिटम्मायर २७ रनको योगदान गरे ।

जितसँगै कोलकाता १० खेलबाट ८ अंक जोडेर सातौं स्थानमा छ । राजस्थान १० खेलमा १२ अंक जोडेर तेस्रो स्थान छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट