प्रचण्डलाई नटेर्ने ११ जना माओवादी पार्टीबाट निलम्बित-Sutra News

प्रचण्डलाई नटेर्ने ११ जना माओवादी पार्टीबाट निलम्बित

मंगलबार, २० बैशाख २०७९

मंगलबार, २० बैशाख २०७९

माओवादी केन्द्रले उदयपुरमा ११ विद्राेही उम्मेदवारलाई कारबाही गरेकाे छ । आसन्‍न स्थानीय तहकाे निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाे भन्दै माओवादी प्रदेश कमिटीले त्यस्ता उम्मेदवारसँगै सहयोग गर्ने नेतालाई कारबाही गरेको हाे ।



प्रदेश अध्यक्ष हर्क नेम्माङ्गले उदयपुरका ११ सहित धनकुटा, ताप्लेजुङ र सुनसरीका नेतालाई कारबाही गरेका छन् ।

प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाललाई कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरिएकाे छ भने बाँकी ८ जना साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल, सन्तोष सुबेदीलाई पार्टीबाट निलम्बन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट