जिउँदै मानिसलाई शववाहनमा राखियो, ४ जना डाक्टरको जागिर चैट !-Sutra News

जिउँदै मानिसलाई शववाहनमा राखियो, ४ जना डाक्टरको जागिर चैट !

मंगलबार, २० बैशाख २०७९

मंगलबार, २० बैशाख २०७९

चीनमा एक वृद्ध कोभिड सङ्क्रमितको निधन भएको ठानेर शववाहनमा राख्ने शाङ्घाई उपचार केन्द्रका चार जनालाई जागिरबाट निष्कासन गरिएको छ।



आइतवार सार्वजनिक भएका अनलाइन भिडिओमा दुई व्यक्तिले शवसहितको ब्याग शववाहनमा राख्दै गरेको देखिन्छ।

पछि ती कामदारले सो ब्यागलाई खोल्दै गरेको र एक जनाले बिरामी जीवितै भएको भनी बोलेको सो भिडिओमा सुनिन्छ।

चिनियाँ सामाजिक सञ्जालमा यो घटनाबारे नागरिकहरू आक्रोशित रूपमा प्रस्तुत भएका छन्।

शाङ्घाईको पुटुओ क्षेत्रमा अधिकारीले सोमवार बेलुकी घटनाको पुष्टि गर्दै ती बिरामीलाई अस्पताल पुर्‍याइएको र उनी खतरामुक्त रहेको बताएका थिए।

अधिकारीहरूले एक चिकित्सक र पाँच कामदारहरूमाथि छानबिन भइरहेको बताएका थिए।

स्थानीय नागरिक मामिला कार्यालयका उपप्रमुख र उपचार केन्द्रका निर्देशकसहित चार जनालाई जागिरबाट निकाला गरिएको बताइएको छ।

एक चिकित्सकको अनुमति खारेज गरिएको छ।

बिरामीको परिचय अझै खुलेको छैन। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट