उपत्यकामा १३ सयभन्दा बढी सवारी चालकमाथि ट्राफिक कारवाही-Sutra News

उपत्यकामा १३ सयभन्दा बढी सवारी चालकमाथि ट्राफिक कारवाही

बुधबार, २१ बैशाख २०७९

बुधबार, २१ बैशाख २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ३७२ जना सवारी चालकलाई कारवाही गरेको छ ।



काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

कारवाहीमा पर्नेमा तीव्र गतिमा सवारी साधन चलाउने ११६ जना, मदिरा पिएर सवारी साधन चलाउने १२५ जना, फुटपाथमा पार्किङ गर्ने ९६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७१ जना रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६३ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४३ जना, क्षमता भन्दा बढी यात्रु राख्ने २७ जना र अवस्था ठिक नभएको सवारी साधन चलाउने ३० जना चालक पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट