नेकपाको दुखलाग्दो ‘क्र्यास’:  विप्लव पार्टीबाट औपचारिक रुपमै आउट, ‘एकीकृत जनक्रान्ति’ खारेज-Sutra News

नेकपाको दुखलाग्दो ‘क्र्यास’:  विप्लव पार्टीबाट औपचारिक रुपमै आउट, ‘एकीकृत जनक्रान्ति’ खारेज

शुक्रबार, २३ बैशाख २०७९

शुक्रबार, २३ बैशाख २०७९

नेक्रविक्रम चन्द ‘विप्लव’ले महासचिव भएर नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तत आजदेखि टुक्रिएको छ । नेता विप्लवलाई बहुमत सदस्यहरुले कारबाही गरेपछि औपचारिक रुपमा टुक्रिएको हो ।



केही दिन अगाडी विप्लवले एक बैठक गराएर पार्टीका नेता धर्मेन्द्र बास्तोला लगायतालाई कारबाही गर्ने घोषणा गरेका छन् । तर उनले गरेको कारबाही केही दिनसम्म पनि चल्न सकेन ।  अहिले चितवनको पर्सामा तीन दिनसम्म चलेको विद्रोही समूहको राष्ट्रिय भेलाले नेकपा (बहुमत) पार्टी गठन गरेपछि विप्लव पार्टीबाट औपचारिक रुपमा बाहिरिएका हुन् ।

पर्सामा करिब ३ दिनसम्म चलेको बैठकले नेता धमेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठनसमेत गरेको छ । पार्टीको महाधिवेशन कहिले र कुन ठाउँमा गरिने भन्ने कुराको जानकारी काठमाडौँमा पत्रकार सम्मेलन गरेर दिइने एक नेताले सूत्रन्यूजलाई जानकारी दिए ।

बैठकले विप्लवले २०७१ मा अघि सारेको कार्यदिशा ‘एकीकृत जनक्रान्ति’लाई खारेज गर्ने निर्णय गरेको छ ।

राजनीतिशास्त्रीदेखि सुरक्षा मामिलाका जानकारसम्मले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले लिएको कार्यदिशा सफल हुन सक्ने ‘आधार नरहेको’ बताइसकेका थिए ।

विभिन्न हिंसात्मक कार्यहरुलाई अगाडी बढाएर जनताहरुलाई सास्ती दिएको भन्दै विप्लव समूहले प्रतिबन्धसमेत लगाएको थियो । तर पछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई शान्तिपूर्ण वार्तामा ल्याएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट