अनिल परियारको हत्याको कारण व्यक्तिगत रिसिवीः प्रहरी-Sutra News

अनिल परियारको हत्याको कारण व्यक्तिगत रिसिवीः प्रहरी

सोमबार, २६ बैशाख २०७९

सोमबार, २६ बैशाख २०७९

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले चितवनमा नेपाली कांग्रेसका नेता अनिल परियारको हत्या घटना निर्वाचनसँग सम्बन्धित नभएको बताएका छन् ।



घटना व्यक्तिगत ‘रिसिवी’का कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

‘घटनाको अनुसन्धान हाम्रो टोली (प्रहरी)ले गरिरहेको छ । घटनाबारे विस्तृत विवरण आउन त अनुसन्धान सकिनुपर्छ । तर, व्यक्तिगत रिसिभीले घटना भएको देखिन्छ । निर्वाचनसँग सम्बन्धित छैन’, प्रवक्ता केसीले भने ।

उनले घटनामा संलग्नको पहिचान भइसकेको पनि बताए । नियन्त्रणमा लिन भने बाँकी रहेको उनको भनाइ छ ।

आइतबार साँझ करिब ७ः३० बजे भरतपुर–१२ निवासी परियारको भरतपुर–७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।

घटनामा संलग्नलाई पहिचान गरेर नियन्त्रणमा लिन दबाब दिँदै युवाहरूले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन् । परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट