दक्षिण कोरियामा नयाँ राष्ट्रपतिको सपथ, आणविक निशस्त्रीकरण गरे उत्तरलाई मद्दत गर्न तयार-Sutra News

दक्षिण कोरियामा नयाँ राष्ट्रपतिको सपथ, आणविक निशस्त्रीकरण गरे उत्तरलाई मद्दत गर्न तयार

मंगलबार, २७ बैशाख २०७९

मंगलबार, २७ बैशाख २०७९

दक्षिण कोरियाका नव निर्वाचित राष्ट्रपति युन सुक योलले सपथ लिएका छन् । राजधानी सीउलको नेसनल एसेम्बलीमा आयोजित एउटा विशाल समारोहमा योलले दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् ।



आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले सपथ लिएका हुन् । ‘म जनतासामु गम्भीरताका साथ सपथ लिन्छु कि म राष्ट्रपतिको कर्तव्यहरू इमानदारीका साथ पूरा गर्नेछु’, सपथमा उनले भने ।

योलले आफ्नो भाषणमा आणविक निशस्त्रीकरणको बदलामा उत्तर कोरियाको अर्थतन्त्रलाई सुदृढ पार्ने ‘साहसी योजना’को वाचा गरेका छन् ।

उनले उत्तर कोरियाको आणविक हतियार कार्यक्रमलाई सो क्षेत्रका लागि ‘चुनौती’ भएको जिकिर गरे । तर, उनले वार्ता र शान्तिपूर्ण समाधानको ढोका खुला रहेको र थप सुरक्षाको बदलामा उत्तर कोरियामा जीवन सुधारका लागि मद्दत गर्न तयार रहेको प्रतिबद्धता पनि जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट