स्याङजामा भएको जिप दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको भने १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
वालिङ नगरपालिका– १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग२च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको थियो ।
जिप अनियन्त्रित भइ सडकबाट ५०० मिटर तल खसेको थियो । मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबास बस्ने वर्ष ६३ की माया पुन, ९ वर्षीय प्रविण कुँवर, ५० वर्षीय कुलदिप कुँवर, ५० वर्षीया डेम कुमारी कुँवर, ८६ वर्षीया हरीकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भिमकला कुँवर छन् ।
यस्तै, ७० वर्षीया मुवा कुमारी कुँवर, ४३ वर्षीया पोट कुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञान दली कुँवर, ५० वर्षीया मिना कुँवर र ५० वर्षीया फूलदेवी कुँवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा बेल माया कुँवर, भुल वहादुर कुँवर, गौमती थापा, ज्ञान माया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर, र नेत्र वहादुर कुँवर रहेका छन् ।