उपत्यकामा पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा-Sutra News

उपत्यकामा पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा

शुक्रबार, ३० बैशाख २०७९

शुक्रबार, ३० बैशाख २०७९

ट्राफिक प्रहरीले आज निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधनलाई होल्डमा राखेको छ ।



उपत्यकाको विभिन्न स्थानमा होल्डमा राखिएका सवारी साधनमा २३६ वटा दुईपाङ्ग्रे र २२ वटा चारपाङ्ग्रे रहेका छन् ।

काठमाण्डौ उपत्यका लगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् । आज स्थानीय तहको मतदानको दिन भएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो ।

अत्यावश्यक तथा पास लिएका सवारी साधन बाहेक अन्य सवारी साधन आज दिनभर नचलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट