

स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार ललितपुर महानगरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् ।
५० मत गन्दा महर्जनले २८ सहित सुरुवाती अग्रता लिएका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले १० मत पाएका छन् ।
महर्जन अघिल्लो कार्यकालमा पनि ललितपुर महानगरका मेयर थिए ।
कांग्रेसलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ छ भने एमाले एक्लै प्रतिष्पर्धा गरिरहेको छ