मायादेवी मन्दिरमा प्रार्थना गरेपछि मोदीले भने– भगवान बुद्धले हामी सबैको कल्याण गरुन्-Sutra News

मायादेवी मन्दिरमा प्रार्थना गरेपछि मोदीले भने– भगवान बुद्धले हामी सबैको कल्याण गरुन्

सोमबार, २ जेष्ठ २०७९

सोमबार, २ जेष्ठ २०७९

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धले विश्वलाई शान्त र समृद्ध बनाउने विश्वास व्यक्त गरेका छन् । लुम्बिनीमा आज मायादेवी मन्दिरमा प्रार्थना गरेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।



‘बुद्ध पूर्णिमाको अवसरमा मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा धन्य महसुस गरेको छु,’ भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘भगवान बुद्धले हामी सबैको कल्याण गरुन् र हाम्रो जगतलाई शान्त र समृद्ध तुल्याउन् ।’

मोदी आज विहान भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनी आएका हुन् । उनलाई लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर ओलीले स्वागत गरेका थिए । आज लुम्बिनीमा ६ घण्टा बिताएपछि उनी स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट