नेपाली एक जोडीले नेपाली परम्परा र सांस्कृतिक रीतिरीवाज अनुसार बेलायतको शाही किंस्टन प्यालेस लण्डनमा इङ्गेजमेन्ट गरेका छन् ।
नेपाली शैलिमा किंस्टन प्यालेसमा भव्य तरिकाले इङ्गेजमेन्ट गर्ने सुष्मा शर्मा र विकास नेपालको यो जोडी पहिलो हुन सक्ने जनाइएको छ । नेपाली परम्पराको जगेर्ना गर्दै उनिहरुले नेपाली पहिरन, पञ्चेबाजा र रथको प्रयोग गरेका छन् ।
किंस्टन प्यालेसमा इङ्गेजमेन्ट गर्नु साह्रै महँगो र सामान्य कुरा नभएको त्यहाँका नेपालीहरुले बताउने गरेका छन् । यसरी बिबाह भन्दा अगाडी गरिने इङ्गेजमेन्टमा ५० हजार पाउण्ड भन्दा बढी खर्च गरिएको अनुमान छ ।
यो जोडीले इङ्गेजमेन्टमा प्रयोग गरेको पहिरन नेपालबाट झिकाइएको हो । यो पहिरनलाई ‘द कृष्माज ब्राइडल कर्टर’ले निर्माण गरेको हो भने यसको डिजाइनर कुसुम सिटौला रहेकी छन् ।