टेक्सास गोलीकाण्डः गोली प्रहार गर्नुअघि बन्दुकधारीले सामाजिक सञ्जालमा के लेखे ?-Sutra News

टेक्सास गोलीकाण्डः गोली प्रहार गर्नुअघि बन्दुकधारीले सामाजिक सञ्जालमा के लेखे ?

बिहिबार, १२ जेष्ठ २०७९

बिहिबार, १२ जेष्ठ २०७९
फाइल तस्बिर

अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी हमला गरेका बन्दुकधारीले आक्रमणअघि सामाजिक सञ्जालमा त्यसबारे केही लेखेको खुलासा भएको छ । उनले आक्रमण गर्ने विषयमा फेसबुकमा लेखेको खुलासा भएको हो ।



फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय ती सन्दिग्धले लेखेका विषय सीमित व्यक्तिले हेर्न सक्नेगरी पोस्ट गरिएको थियो ।

टेक्सस राज्यका गभर्नर ग्रेग याबटका अनुसार १९ जना विद्यार्थी र दुईजना शिक्षकलाई अन्धाधुन्ध गोली हान्नुअघि उनले फेसबुकमा तीन वटा चेतावनी पोस्ट गरेका थिए।

सुरुमा आफ्नी हजुरआमालाई गोली प्रहार गरेर विद्यालयमा आक्रमण गर्ने उनले चेतावनी दिएका थिए । उनी आक्रमणका लागि विद्यालय पुग्नु १५ मिनेटअघि मात्रै त्यस्तो सन्देश पोस्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट