पत्रकार महासंघका केन्द्रीय सदस्य बिडारी सम्मानित-Sutra News

पत्रकार महासंघका केन्द्रीय सदस्य बिडारी सम्मानित

आइतबार, १५ जेष्ठ २०७९

आइतबार, १५ जेष्ठ २०७९

पत्रकार शन्तराम बिडारीलाई मकवानपुरे समाज काठमाडौंको दोस्रो वार्षिक साधारणसभाको अवसरमा सम्मान गरिएको छ । दामन पोष्ट साप्ताहिक र दामनपोष्ट डटकम मार्फत समाजमा योगदान दिनुका साथै समाजका गतिविधीहरु प्रचारप्रसार गरेको भन्दै बिडारीलाई सम्मान गरिएको हो ।



पत्रकारिता विषयका अध्यापक एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रेस सल्लाहकार समेत रहनुभएका बिडारी नेपाल पकार महासंघका केन्द्रीय सदस्य समेत हुन् । विगत १५ वर्षदेखि काठमाडौंबाट दामन पोष्ट साप्ताहिक प्रकाशन गर्दै आएका बिडारी मकवानपुरस्थित थाहा नगरपालिका–६ का स्थायी बासिन्दा हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संविधानसभा सदस्य, वरिष्ठ अधिवक्ता एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारीले पत्रकार बिडारीलाई सम्मान गरेका थिए ।

कार्यक्रममा बिडारीसँगै प्राडा गोपालरमण शर्मा, डा अंगुर कार्की लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसैगरी सम्मानित अन्य व्यक्तिहरुमा समजसेवी–व्यवसायी विनोदकुमार श्रेष्ठ, प्रदीप जमरकट्टेल, प्रविनमान श्रेष्ठ, विधान रिजाल, सरिता कार्की, कृष्णमुरारी श्रेष्ठ, लोकेश्वर मिडीया, हेटौंडा रिर्सोट र लेखा परिक्षक उमेश पंडित रहेका छन् ।

कार्यक्रममा सम्वोधन गर्दै संविधानसभा सदस्य बिडारीले मकवानपुरेहरु एकजुट भएर विकास निर्माणका साथैं जिल्लाका पहिचान कायम गर्न केन्द्रीत हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट