युक्रेनप्रति ऐक्यबद्धता जनाउन जेलेन्स्कीलाई भेट्दै फ्रान्सेली विदेशमन्त्री-Sutra News

युक्रेनप्रति ऐक्यबद्धता जनाउन जेलेन्स्कीलाई भेट्दै फ्रान्सेली विदेशमन्त्री

सोमबार, १६ जेष्ठ २०७९

सोमबार, १६ जेष्ठ २०७९

फ्रान्सका विदेशमन्त्री क्यथ्रिन कोलोनाले युक्रेनी राष्ट्रपतिलाई भेट गर्ने भएकी छन् । भेटका अवसरमा विदेशमन्त्री क्याथ्रिनले रुसी हमलाविरुद्ध युक्रेनप्रतिको ऐक्यबद्धता जनाउने फ्रान्सेली विदेश मामिला मन्त्रालयले जनाएको छ ।



रुससँगको युद्धमा फ्रान्सले युक्रेनलाई प्रर्याप्त सहयोग नगरेको केही कूटनीतिज्ञहरू र राजनीतिक विश्लेषकहरूको आलोचनाबीच कोलोनाले युक्रेन भ्रमण गर्दैछिन् ।

रुसी फौजले दोनबास क्षेत्रको प्रमुख सहर सिभिएदोनेस्क कब्जाका लागि आक्रमण तीब्र पारिरहेका बेला युक्रेनलाई सहयोग दोहोर्याउन युरोपेली युनियनका नेताहरूबीच पनि बैठक हुँदैछ ।

यसैबीच, रुसी सेना पूर्वी युक्रेनतर्फ थप अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट