‘रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्ड हुन सक्छ’-Sutra News

‘रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्ड हुन सक्छ’

मंगलबार, १७ जेष्ठ २०७९

मंगलबार, १७ जेष्ठ २०७९

युक्रेनको मारिओपल सहरको अजोभस्टल स्टिल काराखानामा रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्डको सजाय हुनसक्ने मस्को समर्थक पृथकतावादी अधिकारीले बताएका छन् ।



‘उनीहरूको बारेमा अदालतले फैसला गर्नेछ,’ पूर्वी युक्रेनको स्वघोषित दोनेत्स्क जनवादी गणतन्त्रका न्यायमन्त्री युरी सिरोवात्कोको भनाई उद्धृत गर्दै आरआईए नोभोस्ती समाचार एजेन्सीले जनाएको छ ।

‘यस्ता अपराधका लागि दोनेत्स्क जनगणतन्त्र (डीएनआर) मा हामीसँग ठूलो सजाय छ– त्यो हो मृत्युदण्ड’, उनले अगाडि भने । सबै युद्धबन्दीहरू डीएनआरको इलाकामा छन् । उनीहरूमध्ये अजोभस्टलमा लगभग २३ हजार सैनिकहरू थिए ।

रणनीतिक महत्वको मारिओपोलको अजोभस्टल स्टिल कारखानामा हप्तौंदेखि बन्दी बनाइएका सयौँ युक्रेनी सेनाले यसै महिना रुसी सेनासँग आत्मसमर्पण गरेका थिए ।

युक्रेनले रुसीसेनासँग बन्दी आदानप्रदान गर्न माग गरेको छ । तर, मस्कोले उनीहरूलाई मुद्दा लगाउने संकेत गरेको छ । आत्मसमर्पण गर्नेहरूमा युक्रेनको सेनामा मर्ज भएको पूर्व अर्धसैनिक युनिटका सदस्य पनि छन् । सो युनिटलाई रुसले ‘नव नाजी संगठन’ को रूपमा चित्रण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट