![FB_IMG_16547728812073096](https://www.sutranews.com/wp-content/uploads/2022/06/FB_IMG_16547728812073096.jpg)
![सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले व्यक्तिगत मुद्दालाई लिएर विद्यार्थीको परिक्षा रोकेको भन्दै विद्यार्थीको आपत्ति](https://www.sutranews.com/wp-content/uploads/2022/06/FB_IMG_16547728812073096.jpg)
काठमाडौँ। सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले व्यक्तिगत मुद्दाका कारण विद्यार्थीको परिक्षा रोकेको भन्दै विद्यार्थीहरुले घोर आपत्ति जनाएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले आफ्नो कदम नसच्चाए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । सोही विषयलाई लिएर क्याम्पसमा तालाबन्दीसमेत गरेको एक विद्यार्थीले सूत्रन्यूजलाई जानकारी दिए ।
प्रेम रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘एउटा छात्रलाई व्यक्तिगत मुद्दा लिई एन.क्यू लगाई परिक्षामा सहभागी नहुन दिएकोमा हाम्रो संगठनले घोर आपत्ति जनाएको छ।’