विप्लव नेकपाका ८ जना कार्यकर्ताको रिहाइको तयारी-Sutra News

विप्लव नेकपाका ८ जना कार्यकर्ताको रिहाइको तयारी

शुक्रबार, २७ जेष्ठ २०७९

शुक्रबार, २७ जेष्ठ २०७९

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको माग सम्वोधन गर्नका लागि सरकारले आठ जनालाई रिहाइ गर्ने प्रक्रिया अघि बढाएको छ ।



जघन्यसहित विभिन्न आरोपमा पक्राउ परेका ३२ मध्ये पहिलो चरणमा आठ जनालाई रिहाइ गर्ने प्रक्रिया गृह मन्त्रालयले अघि बढाएको हो ।

गत बुधबार गृहमन्त्री बालकुष्ण खाँण र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको टोलीबीच भएको भेटघाटमा सो जानकारी आदान प्रदान भएको हो ।

‘पक्राउ परेका ३३ मध्ये आठ जनालाई रिहाइ गर्ने प्रक्रिया अघि बढेका गृहमन्त्रीले जानकारी दिनुभएको छ भने यसअघि एक जना छुटिसक्नु भएको छ,’ विश्वकर्माले भने, ‘गृह मन्त्रालय, कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयले समन्वय गरेर तत्कालै रिहाइ गरिने आश्वासन पाएका छौं ।’

केपी ओली नेतृत्वको सरकासँग सम्झौता गरेर शान्ति प्रक्रियामा आएका विप्लव नेतृत्वको पार्टीका नेता तथा कार्यकर्ता अझै पनि थुना र हिरासतमा रहेपछि सरकारसँग रिहाइका लागि पहल अझै भइरहेको हो ।

सो क्रममा सैन्य कानुनअन्तर्गत पक्राउ परी सैन्य अदालतबाट जन्मकैदको फैसालाअनुसार जेल बिताइरहेका झलकुमार महतलाई भने गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपतिवाट माफी दिएर रिहाइ भइसकेका छन । महत युद्धकालमा नेपाली सेनाको जागिर छाडेर माओवादीले सञ्चालन गरेको युद्धमा सहभागी भएका थिए ।

शान्ति प्रक्रियामा आउनुअघि विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताविरुद्ध ४०० भन्दा बढी मुद्दा चलेको भए पनि क्रमशः तीनको संख्या घटेर अहिले १०० को हाराहारीमा रहेको विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट