जानकी मेडिकल कलेजले दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने-Sutra News

जानकी मेडिकल कलेजले दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

आइतबार, २९ जेष्ठ २०७९

आइतबार, २९ जेष्ठ २०७९

धनुषास्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । मेडिकल कलेजले गुणस्तरीय उपचार तथा स्वास्थ्य सेवाका अलवा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।



गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्दै दक्ष डाक्टरहरु उत्पादन गर्ने लक्ष्य लिएर संचालन भइरहेको मेडिकल कलेज मधेश प्रदेशको मेडिकल शिक्षामा अगुवा संस्था हो । सामाजिक कार्यहरुमासमेत उल्लेख्य सहभागिता जनाउँदै आईरहेको विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको छ ।

मेडिकल कलेजले महोत्तरी र धनुषामा दुई दिने वृहत निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ । महोत्तरी र धनुषामा २९ र ३० गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुन लागेको मेडिकल कलेजले जानकारी दिएको छ ।

मेडिकल कलेजले इजरायलको नेपालस्थित राजदुतावास र टेल अभिभ सौरस्काइ मेडिकल सेन्टर इचिलोभ हस्पिटल इजरायलको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो। दुई दिनको उक्त शिविरबाट हजारौंले सेवा लिन सक्ने मेडिकल कलेजले विश्वास लिएको छ ।

शिविरमा मेडिकल कलेजका प्रतिष्ठित चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीसँगै इजरायलका प्रतिष्ठित डाक्टरहरुको समेत सहभागिता रहनेछ । मेडिकल कलेजका फ्याकेल्टी प्रमुख डा. रामप्रसाद उप्रेतीले शिविरका कारण नागरिकले गुणस्तरीय सेवा पाउनुका साथै नेपाल र इजरायलको सम्बन्धमा पनि थप उचाइ प्रदान गर्ने जानकारी दिए ।

शिविरसँगै कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि लक्षित गर्दै तालिम समेत आयोजना गरेको छ । उक्त तालिममा इजरायलबाट आएका चिकित्सकहरुको टोलीले नयाँ नयाँ विषयमा जानकारी दिनुका साथै आफ्ना अनुभव समेत सुनाउने मेडिकल कलेजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट