तामाङ चलचित्र संघको १४औं वार्षिकोत्सब तथा सम्मान कार्यक्रम सम्पन्न-Sutra News

तामाङ चलचित्र संघको १४औं वार्षिकोत्सब तथा सम्मान कार्यक्रम सम्पन्न

सोमबार, ३० जेष्ठ २०७९

सोमबार, ३० जेष्ठ २०७९

तामाङ चलचित्र संघको १४ औं वार्षिकोत्सब राजधानीमा सम्पन्न भएको छ । पूर्वकानुन मन्त्री शेर बहादुर तामाङको प्रमुख आतित्यथामा चलचित्र बिकास बोर्ड चाबहिलमा सम्पन्न कार्यक्रममा अन्य अतिथीहरुमा जगत दोङ, विरबहादुर योञ्जन, चन्द्र कुमार दोङ, चन्द्र कुमार मोक्तान, फुलमान बल आदि रहेका थिए ।



तामाङ चलचित्र संघ नेपालको अध्यक्ष कुमार मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा पहिलो तामाङ चलचित्र ‘सेमरी छोरङान’ पदकद्वारा बिभिन्न ब्यक्तित्वहरु सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुमा नेपाल टेलिभिजनका प्रबन्धक निर्देशक फुलमान बल, तामाङ समुदायको पहिलो गायक चन्द्र कुमार मोक्तान, वरिष्ठ संगीतकार चन्द्रकुमार दोङ, संचारकर्मी जगत दोङ, सुनिल दोङ, पुर्ब अध्यक्ष जेनीश दोङ, तामाङ चलचित्र अभिलेक पुस्तक प्रकाशक जयन कुमार मोक्तान, नायिका चादनी मोक्तान, पहिलो महिला निर्देशक सुकुमाया मोक्तान, नायिका लता योञ्जन, निर्देशक अमिर दोङ लगायतका रहेका छन् ।

उक्त अवसरमा रोशी गाउँपालीका कार्यलय र तामाङ चलचित्र संघको संयुक्त निर्माणमा बनेको ‘सामाजिक संजाल’ नामक बृत्तचित्र प्रदर्शन गरिएको थियो जसको संयोजन बिनायक तामाङ, दिपक तामाङ लामाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट