बढ्यो अमेरिकी डलरको भाउ-Sutra News

बढ्यो अमेरिकी डलरको भाउ

बिहिबार, २ असार २०७९

बिहिबार, २ असार २०७९

काठमाडौं – अमेरिकी डलरको भाउ नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको छ । एक महिनादेखि १२४ रुपैयाँ वरपर रहेको डलरको भाउ मंगलबार देखि १२५ रुपैयाँमा उक्लिएको हो ।



युरोपियन युरोमा पनि सामान्य वृद्धि आएको छ । युरो १३१ रुपैयाँ ३० पैसा रहेको छ । अष्ट्रेलियन डलरमा पनि सामान्य वृद्धि आएको छ । अष्ट्रेलियन डलर ८७ रुपैयाँ २ पैसा रहेको छ । आज पाउन्ड स्टेर्लिङको भाउ प्रतिपाउन्ड स्टेर्लिङ १५१.६१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट