एमालेले संसदमा अर्थमन्त्रीको विरोध गर्ने-Sutra News

एमालेले संसदमा अर्थमन्त्रीको विरोध गर्ने

बिहिबार, २ असार २०७९

बिहिबार, २ असार २०७९

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ आज संघीय संसदमा दिने भएको छन् । अर्थमनत्री शर्माले अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि जवाप दिने क्रममा नेकपा एमालेले अवरोध गर्ने भएको छ ।



बजेट तयार पार्ने क्रममा अनाधिकृत व्यक्तिहरू प्रवेश गराएर कर तथा राजश्वको दर निर्धारण गरेको भन्दै एमालेले आपत्ति जनाउँदै आएको छ । यसै कारण आज एमालेले संसदमा अर्थमन्त्रीको राजिनामा माग गर्दै विरोध गर्ने भएको हो । बैठक अब केही छिनमा नै बस्दैछ ।

रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रम देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका हुन् ।

सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो । आज त्यसबाहेक राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट