रवि लामिछाने काठमाडौंबाट चुनाव लड्दै, छाडे ग्यालेक्सी टीभी-Sutra News

रवि लामिछाने काठमाडौंबाट चुनाव लड्दै, छाडे ग्यालेक्सी टीभी

बिहिबार, २ असार २०७९

बिहिबार, २ असार २०७९

काठमाडौं – चर्चित सञ्चारकर्मी रवि लामिछाने अबराजनितीमा लाग्ने भएका छन् । आउँदो संसदीय चुनावमा काठमाडौंबाट उठ्नको लागि उनले पत्रकारिता पनि छोडेको बताइएको छ । काठमाडौंको एक वडाबाट चुनाव लड्ने योजना सहित उनी ग्यालेक्सी टीभीबाट बाहिरिएको जनाइएको छ।



ग्यालेक्सी टीभीले उनलाई खादा लगाएर विदाई पनि गरेको छ । उनी आउँदो चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने बताइएको छ । उनी काठमाडौंको ५ वा २ बाट उठ्ने चर्चा चले पनि ३ नम्बर क्षेत्रबाट उठ्ने सम्भावना रहेको बताइएको छ ।

ग्यालेक्सी टीभीका संस्थापक तथा प्रस्तोता रहेका उनले सिधा कुरा कार्यक्रम चलाउँदै आएका थिए । उनले अब भने कार्यक्रम पनि नचलाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट