काठमाडौं – काठमाडौँमा १ अर्ब २ करोड मूल्य बराबरको हेरोइनसहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्शाबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोस्र्ट रहेका छन् । पक्राउ परेका यी सबै दक्षिण अफ्रिकाका नागरिक हुन् ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी गराएको हो । बरामद भएका हेरोइनमध्ये ४९ किलो सेतो र २ किलो खैरो रहेको जनाइएको छ ।
पक्राउ परेका सबैविरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ल अदालतबाट ७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको जनाइएको छ ।