ब्रेकअपपछि अनुहारमा बनाइदिए पूर्व प्रेमिकालाई आफ्नो नामको ट्याटु-Sutra News

ब्रेकअपपछि अनुहारमा बनाइदिए पूर्व प्रेमिकालाई आफ्नो नामको ट्याटु

बिहिबार, २ असार २०७९

बिहिबार, २ असार २०७९

ब्राजिलका एक व्यक्तिले पूर्व प्रेमिकालाई अपहरण गरेर च्यापुमा आफ्नो नामको ट्याटु बनाइदिएका छन् ।



उनले यसो गरेर पूर्व प्रेमिकामाथि ब्रेकअपको बदला लिएका थिए । १८ वर्षकी तयाने काल्दास ब्राजिलको राज्य साओ पाउलोमा अघिल्लो शुक्रबार स्कूल जाँदै थिइन् । त्यतिबेला उनको भेट पूर्व प्रेमी गेब्रियल कोइल्होसँग भयो ।

उनले तयानेलाई जबर्जस्ती कारमा राखे । नमान्दा आक्रमण गर्ने हो कि भन्ने डरले उनी थपक्क कारमा बसिन् । त्यसपछि उनलाई पूर्व प्रेमीको घरमा लगियो । त्यहाँ उनका २० वर्षका पूर्व प्रेमीले तयानेको दाहिने कानदेखि मुन्तिर चिउँडोसम्म आउने गरी आफ्नो पूरा नामको ट्याटु बनाइदिए ।

गेब्रियलले ट्याटु बनाएको आरोप अस्वीकार त गरेनन्, तर तयानेले निकै खुसीका साथ यसो गर्न दिएको भन्न भ्याए । बनाएकी छिन् । यी दुईले सन् २०१९ देखि डेटिङ सुरु गरेका थिए । सुरुमा सबैकुरा राम्रो र सामान्य नै थियो । तर करिब एक वर्षपछि ट्याटु आर्टिस्ट गेब्रियल असाध्यै शंकालु हुन थाले र उनीमाथि कुटपिट गर्न थाले । त्यति नै बेला उनकी आमाले ती प्रेमीलाई छोडिदिन भनेकी थिइन् । त्यसपछि यी दुईको ब्रेकअप भयो र त्यसको करिब ८ महिनापछि कुटपिट नगर्ने बचन दिएपछि यी दुई पुनः सम्बन्धमा रहे । तर उनले आफ्नो बाचा तोडे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट