काठमाडौं – स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट बालेन शाह बिजय भएपछि अहिले एक खालको नयाँ माहोल देखिएको छ । चर्चित व्यक्तिहरु नै चुनावमा उम्मेद्धवार बन्दा जित्ने सम्भावना रहेको बुझिन थालिएको छ । यसैबीच आउँदो चुनावको लागि स्वतन्त्रबाट उम्मेद्धवार बन्न संचारकर्मी रवि लामिछानेले आफूले शुरु गरेको ग्यालेक्सी टीभी नै छाडेका छन् ।
आउँदो संसदीय चुनावमा काठमाडौंबाट उठ्नको लागि उनले ग्यालेक्सी टीभीबाट बाहिरिएको हुन् । यो कुरा आफै बिहीबार सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै उनले जानकारी दिए । काठमाडौंको ३ नम्बर क्षेत्रबाट उठ्ने सम्भावना रहेको बताइएको छ ।
यसैबीच फेरि अर्को चर्चा पनि शुरु हुन थालेको छ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल पनि चुनावमा होमिने बताइएको छ । उनले काठमाडौँ वा काभ्रेमध्ये एक ठाउँबाट स्वतन्त्र उम्मेदवारी दिएर औपचारिक रुपमा राजनीतिक यात्रा थाल्ने बताइएको छ । आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने बताउदै आएका हमाल अब राजनीतितर्फ लम्बने सक्ने अनुमान गर्न थालिएको छ ।