२ महिनामा २३ किलो तौल घटाईन् प्रियंका कार्कीले-Sutra News

२ महिनामा २३ किलो तौल घटाईन् प्रियंका कार्कीले

शुक्रबार, ३ असार २०७९

शुक्रबार, ३ असार २०७९

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् प्रियंका कार्की । सुत्केरी भएपछि अभिनयबाट टाढा रहेकी उनी अब नयाँ फिल्मबाट कमव्याक गर्दैछिन् । अब छायाँकनको तयारीमा रहेको सिरिज साहु बा मा अभिनयको लागि उनले आफूलाई तयारी गर्दैछिन् ।



उनले यस सिरिजमा फिटनेस महिला इन्सपेक्टरको भुमिकामा देखिनेछिन् । सुत्केरी अवस्थामा लागेको ज्यान लाई उनी यतिबेला कसिलो बनाउन दिनरात कोशिस गरिरहेकी छिन् ।

सुत्केरी अवस्थामा उनको तौल ९४ किलो पुगेको थियो । तौललाई सुत्केरी हुनुअघिकै अवस्थामा लैजान उनी वर्कआउटमा आफ्नो समय विताउन थालेकी छिन् । केही महिना यता उनी जिम, जुम्बा र किक–बक्सिङजस्ता व्यायाममा सक्रिय छिन् ।

दुई महिना भित्रै उनको तौल ९४ बाट घटेर ७१ केजीमा आएको छ । उनले यति छोटो समयमा २३ किलो तौल घटाउन सफल भएकी छिन् । यसबारे उनले आफ्नो भ्लगमा जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट