भृकुटीमण्डपमा जुत्ता-चप्पल मेलाः ग्राहकलाई ७० प्रतिशतसम्म छुट (फोटो / भिडियो फिचरसहित)-Sutra News

भृकुटीमण्डपमा जुत्ता-चप्पल मेलाः ग्राहकलाई ७० प्रतिशतसम्म छुट (फोटो / भिडियो फिचरसहित)

शुक्रबार, ३ असार २०७९

शुक्रबार, ३ असार २०७९

काठमाडौंको भृकुटीमण्डपस्थित बृहत जुत्ता–चप्पल मेला २०७९ संचालन भइरहेको छ । जुत्ता–चप्पल खरिदमा ७० प्रतिशतसम्म छुट पाउने मेला यही असार १३ गतेसम्म संचालन हुनेछ ।



ग्राहकको रोजाईमा नेपालमै बनेको गुणस्तरिय, सस्तो, राम्रो र आकर्षक जुत्ता–चप्पलहरु छानीछानी एकै ठाउँबाट खरिद गर्न सकिनेछ । नेपाली बजारमा उपलब्ध विभिन्न ब्रण्डका स्वदेशमै उत्पादन गरिएको जुत्ता–चप्पल प्रदर्शनीमा राखिएको छ ।

नेपालमै बनेको जुत्ताचप्पलले नेपालीहरुको मन जितिसकेको कारण मेलामा ग्रहकरुको भिड लाग्ने गरेको छ । मेलामा देशका विभिन्न भुभागका मानिसहरु जुत्ता–चप्पल किन्नकै लागि आउने गरेको मेलामा सहभागि व्यापारीहरु बताउँछन् ।

नेपाली उत्पादनलाई प्रोत्साहन गर्न र आफ्नो पनको महसुस गराउने उदेश्यले समयसमयमा जुत्ताचप्पल मेला आयोजना गरिंदै आएको व्यवसायीहरुको भनाई छ । विदेशी भन्दा पनि नेपाली जुत्ताचप्पल आकर्षक, टिकाउ, सस्तो र लगाउँदा एकदमै सहज हुने भएका कारण नेपालीहरुको मन जित्न सफल भएको छ ।

प्रदर्शनीमा बच्चादेखि बृद्धसम्म र महिलापुरुष सबैका लागि आफुले चाहेको, खोजेको र रोजेर आफ्नो बजेट अनुसार ३० देखि ७० प्रतिशत छुटमा बलियो र गुणस्तरिय जुत्ताचप्पल खरिद गर्न सकिने मेला आयोजकले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट