काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजा अब फर्कने सम्भावना नरहेको बताएका छन् । शुक्रबार पार्टीको झण्डा सगरमाथामा फहराउने पर्वतारोही पासाङ शेर्पालाई ‘चन्द्र स्मृति विशिष्ट सम्मान पुरस्कार’ प्रदान कार्यक्रममा उनले राजा विस्थापित अवस्थामा रहेको बताए ।
राजालाई गाली गरेर अब केही नहुने र राजाको औचित्य सकिएको उनको भनाई छ । उनले भने – ‘राजालाई गाली गर्नु जरुरी छैन, उनी स्वयं विस्थापित अवस्थामा छन् । राजालाई गाली गरेर अब केही हुँदैन किनभने उनको औचित्य सकियो पुनस्र्थापनाको सम्भावना अब सकियो’
लोकतन्त्रको आवरणमा सीमित राजनीतिक दलका सीमित नेताहरूले राज्यसत्ता कब्जा गरेर सर्वसत्तावाद लाद्ने काम गरेको उनले बताए । पार्टी मूलधारका राजनीतिक दल कांग्रेस एमाले र माओवादीको विकल्प भएको उनले बताए ।