१२ वर्ष कान्छा प्रेमीसँगको प्रेमसम्बन्धका कारण चर्चामा किम कार्दसियन-Sutra News

१२ वर्ष कान्छा प्रेमीसँगको प्रेमसम्बन्धका कारण चर्चामा किम कार्दसियन

शुक्रबार, ३ असार २०७९

शुक्रबार, ३ असार २०७९

काठमाडौं – हलिउडकी चर्चित अभिनेत्री हुन् किम कार्दसियन । धेरैजसो अभिनय र फोटोसुटका कारण चर्चामा आइरहने उनी पछिल्लो समय आफ्नै प्रेमसम्बन्धका कारण चर्चामा छिन् । उनी आफूभन्दा १५ बर्ष कान्छा प्रेमीसँग डेट गरेपछि चर्चामा आएकी हुन् । किम प्रेमी पिट डेभिडसन भन्दा १५ बर्षले जेठी छिन् । किम हालै ४१ बर्षकी पुगेकी छिन् ।



हालै उनीहरु कि मर पिटको समुन्द्र किनारमा एकसाथ देखिएका थिए । सार्वजनिक तस्बिरमा उनीहरु रोमान्टिक देखिएका थिए । अहिले यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनी तस्बिरमा कालो रङको बिकनीमा छिन् ।

किम र पिटको पहिलो भेट स्याटरडे नाइट नामक हलिउड रियालिटी शोमा भएको बताइएको छ । उक्त शोमा कमेडियन पिट आठ वर्षदेखि थिए भने किम होस्ट थिइन् । पछि उनीहरुबीच प्रेम हुन थाल्या्। केही महिनाअघि किमले पूर्वपति कान्या वेस्टसँग नौ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट