काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा आज अमेरिका भ्रमणमा निस्केका छन् ।
कुनै समय नेपाली सेनाले अघि बढाएको अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)ले अहिले देशव्यापी रुपमा चर्चा कमाएको छ । यही चर्चाको बीच शर्मा अमेरिका भ्रमणमा निस्केका हुन् । उनी अहिले लेवनान प्रस्थान गरेका छन् उनी त्यतैबाट अमेरिका प्रस्थान गर्नेछन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका थिए।
नेपाली सेनाका अनुसार भ्रमणको क्रममा उनले शान्ति सैनिक रहेका मिसनको निरीक्षण तथा त्यहाँको वस्तुस्थिति बारेमा जानकारी लिनेछन् ।
उनले लेबनान, सिरियाका विभिन्न मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ।