आज मोदीको आमाको जन्मदिन, खुट्टा धोएर लिए आशीर्वाद -Sutra News

आज मोदीको आमाको जन्मदिन, खुट्टा धोएर लिए आशीर्वाद 

शनिबार, ४ असार २०७९

शनिबार, ४ असार २०७९

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आफ्नी आमा हीराबेन मोदीको १०० औं जन्मदिनको अवसरमा गुजरातको राजधानी गान्धीनगरमा रहेको उनको घर पुगेर उनको आशीर्वाद लिएका छन् ।



उनले आमाको जन्मदिनमा ब्लग पनि सेयर गरेका छन् । नरेन्द्र मोदीको वेबसाइटमा प्रकाशित यो ब्लगमा नरेन्द्र मोदीले आफ्नी आमासँग सम्बन्धित धेरै सम्झनाहरू सेयर गरेका छन्।

यससँगै उनले पहिलो पटक आफ्नो बुवाको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “बुवा आज हुनुहुन्थ्यो, गत साता नै सय वर्ष पुग्नुभएको हुन्थ्यो। अर्थात् २०२२ सालमा मेरी आमाको शताब्दी वर्ष सुरु हुँदैछ र यो वर्ष मेरो बुवाको शताब्दी वर्ष पूरा भएको छ।”

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट