जीप दुर्घटनामा चालक र सहचालक बिते-Sutra News

जीप दुर्घटनामा चालक र सहचालक बिते

आइतबार, ५ असार २०७९

आइतबार, ५ असार २०७९

रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ । राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनामा परेको हो ।



दुर्घटनामा जीप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्काको ज्यान गएको हो ।

प्रहरीका अनुसार जीप अनियन्त्रित भएर भेरी ननीमा खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट