इसेवाले ५५ मिनेटको धमाका अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत असार ५ गते आइतबार बैंक खाता लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइने छ ।
आइतबार साँझ ५ः०५ बजेदेखि साँझ ५ः५५ सम्म बैंक खाता लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइने बताइएको छ ।
इसेवाले ग्राहकहरु घरमै बसेर वित्तीय कारोबार गर्न सकुन् भन्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ। योजनामा सहभाागी हुन एकाउन्ट लिंक गरी कारोबार गर्नुपर्ने र एकाउन्ट भेरिफाइड भएको हुनुपर्ने सर्त कम्पनीले तोकेको छ।
इसेवाले हाल एन्ड्रोइडमा ५२ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६० लाखभन्दा बढी ग्राहकहरुलाई मोबाइल एपमार्फत सेवा प्रदान गरिरहेको छ ।
इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् । यी बैंकहरुबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने बताइएको छ ।