प्रधानमन्त्री र माओवादी केन्द्रका कारण मन्त्री फेरबदलमा ढिलाइ-Sutra News

प्रधानमन्त्री र माओवादी केन्द्रका कारण मन्त्री फेरबदलमा ढिलाइ

आइतबार, ५ असार २०७९

आइतबार, ५ असार २०७९

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का बारेमा गहिरो गरी बुझेर आवश्यक निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।



आइतबार काठमाडौँमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसंगको छलफलमा नेपालले सो कुरा गरेका हुन् । देशभक्तिमा आँच पुग्ने, राष्ट्रिय हितमा कुठाराघात पुग्ने कुनै पनि काम नहुने अध्यक्ष नेपालको भनाई छ ।

उनले एसपीपी बिषयमा गठबन्धनभित्र छलफल हुने र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुरा भइरहेको बताए । उनले अब चाडै नै मन्त्री फेरबदल हुने पनि बताए ।

प्रधानमन्त्री र माओवादी केन्द्रका नेताहरूले आफ्नो पार्टीभित्र पनि मन्त्री फेरबदलको माग गरिरहेकोले ढिलो भएको उनले बताए । ६ महिनाका लागि मात्र भनेर अहिलेका मन्त्री पठाएको भन्दै उनले अब मन्त्री फेरिने बताए

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट