काठमाडौं – चर्चित सञ्चारकर्मी रवि लामिछाने अब राजनितीमा लागि सकेका छन्। उनले मंगलबार नयाँ पार्टी घोषणा गर्ने तयारीमा रहेको बताइएको छ । आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका उनले राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा नयाँ पार्टीको घोषणा गर्ने बताइएको छ ।
केही दिनअघि ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका उनले स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलेको छैन । संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको जनाइएको छ ।
उनले काठमाडौंको बालाजुमा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् । काठमाडौंको एक वडाबाट चुनाव लड्ने योजना सहित उनले ग्यालेक्सी टीभीबाट बाहिरिएका थिए । ग्यालेक्सी टीभीका संस्थापक तथा प्रस्तोता रहेका उनले सिधा कुरा कार्यक्रम चलाउँदै आएका थिए ।