काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भारतसँग कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद समाधान गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा पूर्वराजदूतहरूको समूहले गरेको नेपालको परराष्ट्रमामिला बिषय कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले सो कुरा गरेका हुन् ।
उनले भारतसँगको सिमा विवाद वार्ताबाट नै समाधान गर्न सकिने बताए ।भारत र चीनबीचको चिसिँदै गएको र चीन अमेरिकाबीचको व्यापार युद्ध पनि रहेकोले यसकाबीच आफूहरुलाई अगाडि बढाउन चुनौती रहेको उनले बताए ।
उनले भने – ‘कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक वार्तामार्फत समाधान गर्नुपर्नेछ । यसो भनिरहनु भारतको विरोध गर्नु पनि हैन र उग्र राष्ट्रवाद पनि हैन’
अहिलेको मुख्य चासो राष्ट्रिय हितमा बेलामौकामा आउने चुनौतीहरू कसरी सामना गर्छौँ भन्ने नै रहेको उनको भनाई छ ।