काठमाडौं – बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म कभी इद कभी दिवाली को चर्चा फेरि शुरु भएको छ । यस फिल्ममा अभिनय गर्ने कलाकारको बिषयमा विभिन्न कुराहरु आइरहेका छन् ।
फिल्ममा दक्षिण भारतीय दुई कलाकार पनि प्रबेश गरिसकेका छन् । फिल्ममा भिलेनको भूमिकामा दक्षिण भारतीय अभिनेता जगपति बाबू प्रबेश गरिसकेको छन् । यसैबीच फिल्ममा साउथ स्टार रामचरण पनि भित्रिएको भारतिय मिडियामा बताइएको छ ।
फरहाद सामजीको निर्देशन रहने फिल्मका लागि अहिले साउथ अभिनेताहरुले निकै मेहनत गरिरहेको बताइएको छ ।फरहाद सामजीको निर्देशन रहने फिल्ममा जहीर इकबाल, शहनाज गिल, दक्षिण भारतीय स्टार वेंकदेश दग्गुबाती, अभिनेत्री पूजा हेगडे लगायत छन् । फिल्म सन् २०२३ को इदमा रिलिज हुने बताइएको छ ।