तत्काल माओवादी केन्द्र मन्त्री फेरबदलको पक्षमा छैन – गिरिराजमणि पोख्रेल-Sutra News

तत्काल माओवादी केन्द्र मन्त्री फेरबदलको पक्षमा छैन – गिरिराजमणि पोख्रेल

मंगलबार, ७ असार २०७९

मंगलबार, ७ असार २०७९

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्रेलले तत्काल माओवादी केन्द्र मन्त्री फेरबदलको पक्षमा नरहेको बताएका छन् । मंगलबार योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयले चितवनमा आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा बोल्दै उनले सो कुरा गरेका हुन् ।



उनले भने – “सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । यो समयमा मन्त्री फेरबदल गर्नु राम्रो हुँदैन ।” अर्थमन्त्रीले र सरकारका मन्त्रीहरुले संसद्मा जवाफ दिने क्रम जारी रहेको बताउँदै उनले पछिल्लो राजनैतिक गतिविधिका बारेमा केन्द्रको १५ गतेपछि बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।

उनले समारोहमा योगलाई अभियानको रुपमा चलाउन आवश्यक रहेको बताए । योगलाई सामाजिक अभियानका रुपमा अघि बढाउन सके स्वस्थ रहन सकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट