प्रभु लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा डाकेको छ । कम्पनीले पुँजी वृद्धिको प्रस्ताव पारित गर्न असार २३ गतेका लागि विशेष साधारणसभा डाकेको हो ।
सभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । सभामा इन्स्योरेन्स अन्य कुनै जीवनबीमा कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विशेष एजेण्डा पनि छन् ।
विशेष साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले असार १६ को एक दिन बुक क्लोज गर्ने जनाएको छ । जस अनुसार उक्त मितिभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।