काठमाडौं, ८ असार-सेन्चुरी बैंकले ८ असारबाट १८ लाख १२ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा १५ असारसम्म आवेदन दिन मिल्नेछ ।बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन १६ असार बिहान १० बजे एनआईबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा खोलिनेछ ।