गभर्नरको चेतावनी- यस्तै अवस्था रहिरह्यो भने नेपाल श्रीलंकाको अवस्थामा पुग्छ-Sutra News

गभर्नरको चेतावनी- यस्तै अवस्था रहिरह्यो भने नेपाल श्रीलंकाको अवस्थामा पुग्छ

बुधबार, ८ असार २०७९

बुधबार, ८ असार २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा यही अवस्था कायम रहे नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् ।



उनले बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने बताएका हुन् ।

उनले सरकारले अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चितिसमेत सिध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने उल्लेख गरे ।

त्यस्तै उनले बैंकहरुको ब्याजदर अझै बढ्नसक्ने बताएका छन् । उनले अर्थतन्त्रका लागि जिम्मेवार पक्षहरु सबैजना आआफ्ना दायित्वमा इमानदार भएमात्रै अहिलको शंकटको सामना गर्न सकिने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट