समयमै वित्तिय विवरण नबुझाउने २२ बीमा कम्पनीमाथि कारवाही-Sutra News

समयमै वित्तिय विवरण नबुझाउने २२ बीमा कम्पनीमाथि कारवाही

बिहिबार, ९ असार २०७९

बिहिबार, ९ असार २०७९

बीमा समितिले समयमै कारोवार तथा लेखापरिक्षणको विवरण नबुझाउने बीमा कम्पनीहरुमाथि कार्वाही सुरु गरेको छ । समितिले समयमा लेखापरिक्षण नबुझाउने २२ बीमा कम्पनीहरुमाथि कार्वाही सुरुवात गरेको हो ।
समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन बीमा समितिमा नबुझाउने कम्पनीहरुलाई १० हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ ।



यसअघि पनि नियमित विपरित काम गर्ने वा दायरा बाहिर बस्ने कम्पनीहरुलाई समितिले कार्वाही गर्दै आएको थियो । नियामकीय सीमाभन्दा बाहिर गएका कम्पनीहरुलाई कानुनी दायरामा राख्न र आगामी दिनमा थप गल्ति नगरुन भन्ने सन्देश प्रवाह गर्न कारवाही गर्नुपर्ने अवस्था आएको समितिले जनाएको छ ।

समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई दश हजारका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको छ ।

बीमा समितिले आज प्रकाशित गरेको बक्तव्यमा भनिएको छ, ‘बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्थाको जानी–जानी उल्लघंन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा ९१० बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको हो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट