माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा, सेयर खरिद गर्न इच्छुकले निवेदन दिइहाल्नुहोस्-Sutra News

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा, सेयर खरिद गर्न इच्छुकले निवेदन दिइहाल्नुहोस्

बिहिबार, ९ असार २०७९

बिहिबार, ९ असार २०७९

काठमाडौं – माछापुच्छ्रे बैंकको संस्थापक सेयरधनी भरतकुमार नेपालले आफ्नो नाममा रहेको एक लाख ६४ हजार १३१ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन ।



सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ । यसअवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट