काठमाडौं – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब फेरि प्रधानमन्त्री भएमा देशमा भएका विकृतीलाई अन्त्यगर्दै विकासको काम गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा गरेका हुन् । आफनो कार्यकालमा धेरै परिवर्तन गर्दै आएको भन्दै उनले अब थप जिम्मेवारी पाएमा विकासको काम गर्ने बताए ।
उनले भने – ‘सपना हो की विपना को भन्दाभन्दै ९ महिने कार्यकाल सकियो । दोसो कार्यकालमा मधेसलाई पनि साथमा लिएर निर्वाचनमा पुगे । यही नै ठूलो उपलब्धी थियो’
पहिलो कार्यकालमा सपनाजस्तै लागेको भन्दै उनले अब नेतृत्व पाएमा देशलाई नयाँ युगमा लैजाने विश्वास व्यक्त गरे ।