विवादका विषयमा बोले रवी लामीछाने – ‘आयोगले अनुमति नदिएमा त्यसको विकल्प खोज्छु, दाईसँग कुनै दुश्मनी छैन’ (भिडियोसहित)-Sutra News

विवादका विषयमा बोले रवी लामीछाने – ‘आयोगले अनुमति नदिएमा त्यसको विकल्प खोज्छु, दाईसँग कुनै दुश्मनी छैन’ (भिडियोसहित)

शुक्रबार, १० असार २०७९

शुक्रबार, १० असार २०७९

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामीछानेले नामका विषयमा भएको विवाद बारे बोलेका छन् । शुक्रबार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन आयोगले अनुमति नदिएमा त्यसको विकल्प खोज्ने बताए ।



लामिछानेले आफनो पार्टीले स्वतन्त्र शब्दको दुरुपयोग गर्न नखोजेको बताए ।स्वतन्त्र उम्मेदवारका रुपमा उठन चाहनेहरुलाई पनि आफनो पार्टीमा स्थान रहने उनको भनाई छ ।

बिहिबार मात्रै ‘स्वतन्त्र उम्मेदवारी अभियानले लामिछानले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उजुरी दिएको थियो । सोही उजरीपछि शुक्रबार लामिछानेले पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् ।

यस्तै उनले लामीछानेले पत्रकार सम्मेलनकै क्रममा दाजु हरिशरण लामीछानेसंग आफ्नो कुनै दुश्मनी नरहेको पनि बताए । उनले भने – ‘जसले मलाई हात समाएर उठ्न सिकायो त्यस्तो दाजुको बिरुद्ध जानै सक्दिन । हामीत बेथीती बिरुद्ध लड्ने हो दाजुभाई होइन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट